logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • कर्णाली प्रदेशस्तरीय मेयर कपको च्याम्पियन बन्यो वीरेन्द्रनगर

    कर्णाली प्रदेशस्तरीय मेयर कपको च्याम्पियन बन्यो वीरेन्द्रनगर

    143
    SHARES
    कर्णाली प्रदेशस्तरीय मेयर कपको च्याम्पियन बन्यो वीरेन्द्रनगर

    सुर्खेत । प्रथम कर्णाली प्रदेशस्तरीय मेयर कप फुटबल प्रतियोगिताको उपाधि वीरेन्द्रनगर नगरपालिकाले जितेको छ। बिहीबार जुम्लालाई १-० को गोलअन्तरले पराजित गर्दै घरेलु टोली वीरेन्द्रनगरले पहिलो संस्करणको उपाधि आफ्नो पोल्टामा पारेको हो।



    कर्णाली प्रदेश रंगशालामा भएको फाइनल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको थियो। खेलको पाँचौँ मिनेटमा वीरेन्द्रनगरका विक्रम ओलीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सो गोलनै निर्णायक बन्यो। पहिलो हाफमा जुम्लाका खेलाडीहरूले केही राम्रा अवसरहरू पाए पनि त्यसलाई गोलमा परिणत भने गर्न सकेनन्।

    उपाधि जितेको वीरेन्द्रनगरले चार लाख नगद पुरस्कार पाएकाे छ। फाइनल खेलको प्लेयर अफ दी म्याच गोलकर्ता ओली घोषित भए।

    प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका जुम्लाका धर्मेन्द्र कुँवार ‘बेस्ट प्लेयर’, वीरेन्द्रनगरका सब बुढामगर शाही ‘बेस्ट किपर’ , पञ्चपुरीका दिवस वि.क. ‘बेस्ट डिफेन्स’, सिम्ताका तुसार आग्री ‘इमर्जिङ प्लेयर’ र पञ्चपुरीकै धनसिंह विक ‘हाई स्कोरर’ बन्न सफल बने।

    धनसिंहले प्रतियोगिताभर व्यक्तिगत ७ गोल गरेका थिए। विजेता टोली वीरेन्द्रनगरका मुख्य प्रशिक्षक गणेश खड्का प्रतियोगिताको ‘बेस्ट कोच’ घोषित भएका छन्।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट