logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ‘गभर्नर अफ दि इयर’ अवार्डबाट भारतका शक्तिकान्त दास सम्मानित, कोरोनाकालमा गरेका थिए यस्तो कमाल

    ‘गभर्नर अफ दि इयर’ अवार्डबाट भारतका शक्तिकान्त दास सम्मानित, कोरोनाकालमा गरेका थिए यस्तो कमाल

    767
    SHARES
    ‘गभर्नर अफ दि इयर’ अवार्डबाट भारतका शक्तिकान्त दास सम्मानित, कोरोनाकालमा गरेका थिए यस्तो कमाल

    काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई)का गभर्नर शक्तिकान्त दास ‘गभर्नर अफ दि इयर’ अवार्डबाट सम्मानित भएका छन्। लन्डन सेन्ट्रल बैंकिङले गभर्नर दासलाई उक्त अवार्डबाट सम्मानित गरेको हो।



    दासले रिजर्भ बैंकको गभर्नर पद सम्हालेपछि धेरै ठूलो निर्णय लिएका छन्। हालै उनले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेका छन्। लन्डन सेन्ट्रल बैंकिङ एउटा अन्तर्राष्ट्रिय आर्थिक रिसर्च जनरल हो। कोरोना महामारीका क्रममा आर्थिक उथलपुथलबीच भारतको बैंकिङ सिस्टमलाई उत्कृष्ट ढंगले सम्हाल्न सफल भएकोमा गभर्नर दासलाई उक्त अवार्डबाट सम्मानित गरिएको लन्डन सेन्ट्रल बैंकिङले जनाएको छ। उनले महँगी नियन्त्रणमा पनि दक्षतापूर्वक सफल हासिल गरेको निष्कर्ष निकालिएको छ।

    गभर्नर दासले कोरोना महामारीका बेला ब्याजदरहरुमा कटौती गर्नुका साथै ईएमआईमा छुट दिएका थिए। उनले राजनीतिक दबाब र आर्थिक संकटबीच सन्तुलन कायम गर्न सफल भएका थिए। गभर्नर दासले भारतमा यूपीआई पेमेन्टको विस्तारलाई तीव्रता दिएका थिए। भारतमा डिजिटल करेन्सी लन्च गर्नेमा उनको महत्वपूर्ण भूमिका रहेको थियो। उनले क्रिप्टोकरेन्सीलाई लिएर कडाइ गरेका थिए।

    यिनै कारणले गभर्नर दासको नाम उक्त अवार्डका लागि गत मार्चमा सिफारिस गरिएको थियो। त्यसो दास यो अवार्डबाट सम्मानि हुने दोस्रो भारतीय गभर्नर हुन्। यसअघि सन् २०१५ मा गभर्नर रघुराम राजन यो अवार्डबाट सम्मानित भएका थिए। –एजेन्सी


    अर्थ चाैतारी
  • बुधबार, ३१ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट