logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • श्रीलङ्काको वित्तीय बजार पाँच दिनसम्म बन्द

    श्रीलङ्काको वित्तीय बजार पाँच दिनसम्म बन्द

    715
    SHARES
    श्रीलङ्काको वित्तीय बजार पाँच दिनसम्म बन्द

    एजेन्सी । श्रीलङ्का सरकारले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेको छ ।



    श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि यस्तो निर्णय गरेको हो ।

    श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक सङ्कट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’ को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ ।

    अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूले भोली मंगलबार बैठक बस्ने अपेक्षा गरिएको छ ।

    केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन्।

    उनले स्थानीय टेलिभिजन नेटवर्कसँग भने, ‘ऋण पुनर्संरचनाको बारेमा संसदमा छलफल भइरहेको बेला बजार खुला रहनु अस्वस्थकर हुनेछ।’

    उनले थपे, ‘संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा बजारले काम गर्नु हुँदैन। हामी आशा गर्छौं कि यो पाँच दिनभित्र पुनर्संरचना प्रक्रिया पूरा हुनेछ।’

    ‘यो निर्णयले व्यक्तिको निक्षेपमा कुनै असर पर्ने छैन, तर वाणिज्य बैंक र पेन्सन फण्डको ट्रेजरी बिल र ऋणपत्रको पुनर्संरचना गर्ने सरकारको योजना छ,’ उनले भने।


    अर्थ चाैतारी
  • सोमबार, ११ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट