logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • असार १४देखि काठमाण्डौका सरकारी अस्पतालमा २ हजार २८ शय्या निःशुल्क हुने

    असार १४देखि काठमाण्डौका सरकारी अस्पतालमा २ हजार २८ शय्या निःशुल्क हुने

    858
    SHARES
    असार १४देखि काठमाण्डौका सरकारी अस्पतालमा २ हजार २८ शय्या निःशुल्क हुने

    काठमाण्डौ । सरकारले असार १४ गते बिहिबारदेखि सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क गरिने जनाएको छ ।



    स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि उपत्यकाका सरकारी अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क हुने बताए । गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरूवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए ।

    कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले ४ सय ५० शय्या, ट्रमा सेन्टरले १ सय ५० शैय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शैय्या निःशुल्क गर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए । उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र उपचार पनि निःशुल्क हुने बताए ।

    निजी अस्पतालले पनि नियम अनुसार कूल शय्याको १० प्रतिशत विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको मन्त्री बस्नेतले बताए ।


    अर्थ चाैतारी
  • बुधबार, १३ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट