logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सशुल्क प्रसारण भइरहेका विदेशी च्यानल सोमबारेदेखि बन्द हुने

    सशुल्क प्रसारण भइरहेका विदेशी च्यानल सोमबारेदेखि बन्द हुने

    962
    SHARES
    सशुल्क प्रसारण भइरहेका विदेशी च्यानल सोमबारेदेखि बन्द हुने

    काठमाण्डौ । सूचना तथा प्रशारण विभागले साउन १ गते सोमबारेदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने जनाएको छ ।



    विभागले विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरुको प्याकेजहरु प्राप्त नभएको भन्दै बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । भारतीय सःशुल्क अर्थात पे टीभी च्यानल प्रसारक संस्थाहरुले नेपालको ‘अला कार्ट’ प्रणाली लागू गर्न सहयोग नगरेको भन्दै विभागले सरकारी निर्णयलाई दृढतापूर्वक सहयोग गर्न अपील गरेको छ ।

    भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्याकेज बनाएर छुट्टा–छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने बताएपछि उनिहरूको प्रसारण रोकिएको विभागले बताएको छ ।


    अर्थ चाैतारी
  • शनिबार, ३० असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट