logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष भेटवार्ता, आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

    महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष भेटवार्ता, आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

    1.1K
    SHARES
    महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम उपाध्यक्ष भेटवार्ता, आर्थिक सुधार, पूर्वाधार विकास र उद्यमशीलता प्रवर्द्धनमा सहकार्य

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय वित्त निगमकी उपाध्यक्ष सुसन लनबीच मंगलबार महासंघ सचिवालय टेकुमा औपचारिक भेटवार्ता भउको छ।



     

    उक्त भेटवार्तामा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक मन्दीको अवस्थाबाट अर्थतन्त्रको सुधारका साथै वित्तीय पहुँच वृद्धि, साना तथा मझौला उद्यमको विकास, पर्यटन जलविद्युत लगायतका पुर्वाधार विकास एवं लगानी प्रवर्द्धनमा निगमको साथ र सहयोग आवश्यक रहेको बताए।

     

    कोभिडपछिको तीव्र विस्तारको व्यवस्थापन गर्न नसक्दा मुलतः आफ्नै कारणले अहिले अर्थतन्त्रमा समस्या रहेको र निजी क्षेत्र संकुचित हुँदा सरकार र सर्वसाधारण पनि मर्कामा परेको अध्यक्ष ढकालले बताए। निजी क्षेत्रले काम गर्न नपाउँदा राजश्व करिब १३ प्रतिशतले घटेको र चर्को मुल्यवृद्धिका कारण सर्वसाधारणको क्रयशक्ति पनि घटदै गएको ढकालको भनाइ थियो। नेपालको तीनदिने भ्रमणमा रहकी उपाध्यक्ष लनले निजी क्षेत्रको प्रव्र्द्धनका लागि महासंघसँग सहकार्य गर्न आफू तयार रहेको बताइन्।

     

    पछिल्लो समय निगमसँगको सहकार्यमा महासंघले अर्थतन्त्रमा निजी क्षेत्रको योगदान प्रतिवेदन र साना तथा मझौला उद्यमी सम्मेलन आयोजना गरेको थियो । महासंघले साना उद्यमीका लागि शुरु गर्न लागेको विकास केन्द्र र सीप विकास महत्वपूर्ण रहेको उपाध्यक्ष लनको भनाइ थियो।

     

    लनले निगममा आर्थिक सुधार, निजी क्षेत्र र लगानी प्रवर्द्धनलगायतका विषयको नेतृत्व गर्छिन्।  भेटका क्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अधिकांश उद्योग न्यून क्षमतामा संचालित रहेकाले बजार चालायमान बनाउन आवश्यक रहेको बताए।

     

    महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठले कर प्रणालीको सुधार र नेपालको तुलनात्मक लाभ भएका वस्तुको प्रवद्र्धन आवश्यक रहेको बताए। महासंघ लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले लगानी बिस्तारका बारेमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे।


    अर्थ चाैतारी
  • मंगलबार, १६ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट