logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ५० रुपैयाँ दरका नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

    ५० रुपैयाँ दरका नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

    1.8K
    SHARES
    ५० रुपैयाँ दरका नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

    काठमाण्डौ । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ।



    नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै ढुवानीको क्रममा ती रिचार्ज हराएको जानकारी गराएको हो। काठमाण्डौबाट भैरहवा पठाउने क्रममा ‘नमस्ते’ ब्रान्डका रिचार्ज कार्ड हराएको सूचनामा उल्लेख छ।

     

    सूचनामा उल्लेख भएअनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको छ। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि आग्रह गरिएको छ।

     

    ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई सूचनामा आग्रह गरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २४ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट