logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    585
    SHARES
    मनकामना इन्जिनियरिङ्गको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डौ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको आईपीआमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन २८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आज साउन ३१ गतेसम्म आवेदन दिन सक्ने छन् ।



     

    कम्पनीले जारी पूँजी ८० करोड रुपैयाँको २५ प्रतिशत अर्थात् २० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपाली लाई बाँडफाँट भइसकेको र २ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँडफाँट गरिसकेको छ ।

     

    ५ प्रतिशत अर्थात् १ लाख कित्ता सेयरमा सामूहिक लगानी कोष र स्थानीयले आवेदन नदिएको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्तालले आवेदन दिन पाउने छन् ।

     

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बि.ओ.के.क्यापिटल मार्केट रहेको छ ।नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयर मार्फत् कम्पनीको सेयरमा आवेदन दिन सकिनेछ ।

     

    आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।


    अर्थ चाैतारी
  • बुधबार, ३१ साउन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट