काठमाण्डौ । सनराइज क्यापिटलले लाभांश वितरण प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा असोज १० गते बोलाएको हो ।
क्यापिटलको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट करसहित ३० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । क्यापिटलको गत साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत गर्ने निर्णय गरेको थियो ।
कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असरासम्मको वासलात र सोही अवधिको नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।
साथै, क्यापिटलको सभाले लक्ष्मी क्यापिटलसँग मर्जरमा जान सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ ।
अर्थ चाैतारी ।