logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान, १५% लाभांश अनुमोदन गर्ने

    सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान, १५% लाभांश अनुमोदन गर्ने

    468
    SHARES
    सानिमा क्यापिटलद्वारा वार्षिक साधारणसभा आह्वान, १५% लाभांश अनुमोदन गर्ने

    काठमाण्डौ । सानिमा क्यापिटलले आफ्नो आठौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो।



    सभा काठमाण्डौको नक्सालस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा अपराह्न ५ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९–८०का लागि चुक्तापुँजीको १५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गर्नेछ।

     

    जसअनुसार कम्पनीले सेयरधनीहरुलाई ३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। सभाले सञ्चालकको नियुक्ति र बैठक भत्तासम्बन्धी प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि छलफल गरी स्वीकृत गर्नेछ।


    अर्थ चाैतारी
  • सोमबार, १ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट