logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • स्टार हस्पिटलले ४० लाख कित्ता आइपीओ जारी गर्ने

    स्टार हस्पिटलले ४० लाख कित्ता आइपीओ जारी गर्ने

    715
    SHARES
    स्टार हस्पिटलले ४० लाख कित्ता आइपीओ जारी गर्ने

    काठमाण्डौ । स्टार हस्पिटल लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको हस्पिटलले जनाएको छ ।



    २०८०, आश्विन ४ गते आयोजित एक कार्यक्रममा स्टार हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । स्टार हस्पिटल लिमिटेडले रु. ४० करोड शेयरपूँजी बराबरको रु. १०० अंकित दरको ४० लाख कित्ता शेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

     

    करिब ६९ करोड चुक्तापूँजी भएको यस हस्पिटलसँग् २५ प्रतिशत अग्राधिकार शेयरसहित रु. ८५ करोड चुक्तापूँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ताहरु, बीमा कम्पनीहरु, प्राइभेट इक्विटी कम्पनीहरु तथा निजी संस्थागत लगानीकर्ताहरु समेतको गरी चुक्ता पूँजी रु. २ अर्ब भन्दा माथि हुने जानकारी गराईएको छ ।

     

    यस थप पूँजी लगानीबाट अस्पतालले आधुनिक उपकरणहरुसहित नयाँ उपचार सेवाका विधाहरु जस्तै क्यान्सर सेवा, आइभिएफ सेवा र देशभरका विभिन्न स्थानहरुमा उपचार सेवाकेन्द्र विस्तार गर्ने योजना रहेको बताइएको छ ।

     

    यथासक्य अन्तराष्ट्रिय बैंकसँग समेत सहकार्य गर्ने सिलसिलामा केही प्रख्यात विदेशी अस्पतालसँग सहकार्य गरी सेवा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने यो हस्पिटल सर्वसाधारणहरुलाई शेयर जारी गर्ने पहिलो संस्था हुने जानकारी गराइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ५ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट