logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट, एपीआई कार्यविधि पारित

    अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट, एपीआई कार्यविधि पारित

    832
    SHARES
    अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट, एपीआई कार्यविधि पारित

    काठमाण्डौ । अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै रिजेक्ट हुने व्यवस्था लागू हुने भएको छ।



    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एपीआईसम्बन्धी कार्यविधि पारित गरेसँगै आईपीओमा यो व्यवस्था लागू हुने भएको छ। यो व्यवस्था लागू भएसँगै अब बैंक खातामा पैसा नभएको अवस्थामा कसैले आईपीओ भरेमा तत्कालै रिजेक्ट हुनेछ।

     

    सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार धितोपत्र बोर्डले गत असोज २ गते एपीआईसम्बन्धी कार्यविधि पारित गरेको हो। ‘यो व्यवस्था लागू भएपछि अब आईपीओ भर्दा बैंक खातामा पैसा छ भने तत्कालै भेरिफाई र छैन भने तुरुन्तै रिजेक्ट हुन्छ’, उनले भने।

     

    सीडीएससीको डाटासँग इन्ट्रिग्रेसन गर्ने (बैंक, ब्रोकर, मर्चेन्ट बैंकलगायत)हरुले यो व्यवस्था लागू गर्न सक्ने न्यौपानेले बताए। ‘धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा मेम्बरहरुलाई चाहिने डाटा अब एपीआईमार्फत दिइनेछ’, उनले भने, ‘यसका लागि उनीहरुले पनि प्रणाली विकास गर्नुपर्छ।’ यो व्यवस्था लागू भएसँगै म्युअुल रुपमा गर्नुपर्ने काम अब सिस्टमले नै गर्ने प्रवक्ता न्यौपानेले बताए। ‘एपीआईमार्फत रियल डाटामा एक्सेस दिन सकिन्छ’, उनले भने।

     

    कार्यविधि पारित भइसकेकोले अब सीडीएससीको सञ्चालक समितिको बैठक बसेर यो व्यवस्था लागू गर्नुपर्ने पनि प्रवक्ता न्यौपानेले बताए। ‘असोज महिनाभित्रै यो व्यवस्था लागू हुन्छ’, उनले भने, ‘तर, सबैले कार्यान्वयनमा ल्याउन भने केही समय लाग्ला।’


    अर्थ चाैतारी
  • बुधबार, १० असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट