logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • झलनाथ खनालको सर्प पाल्ने परियोजनामा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    झलनाथ खनालको सर्प पाल्ने परियोजनामा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    793
    SHARES
    झलनाथ खनालको सर्प पाल्ने परियोजनामा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सर्प पाल्ने परियोजनामा १७ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै मुद्दा दायर गरेको छ ।



    आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    तत्कालीन प्रदेशमन्त्री विजय कुमार, आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ, लालबन्दी नगरपालिकाकाका तत्कालीन नगरप्रमुख मानबहादुर खड्का तथा खनाल प्रतिष्ठानका अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्य गरी ७ जनाविरुद्ध १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको आयोग प्रबक्ता भोला दाहालले बताए । सरकारबाट जुन प्रयोजनका लागि लिएको रकम त्यसमा काम नगरी अन्यत्रै लगानी गरेर हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।


    अर्थ चाैतारी
  • आइतबार, २१ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट