logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • संघीयताप्रति जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

    संघीयताप्रति जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

    546
    SHARES
    संघीयताप्रति जनताको निराशा हटाउने गरी काम गर्नुपर्छ : मुख्यमन्त्री चौधरी

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले संघीयताप्रति जनताको निराशा हटाउने गरी सरकारले काम गर्नुपर्ने बताएका छन् ।



    बिहीबार भैरहवामा भएको संघीयता कार्यान्वयनमा योजना तर्जुमा र विकास व्यवस्थापन सम्बन्धी अन्तर प्रदेश अनुभव आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता र संविधान कार्यान्वयनको चुनौती रहेकोले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताए ।

    तिनै तहका सरकारले पूर्ण अधिकार प्रयोग गरी जनताप्रतिको विश्वास बढाउनु पर्ने भन्दै मुख्यमन्त्री चौधरीले संघीयताप्रति बढेको निराशा कम गर्नुपर्ने बताए । यस्तै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले संघीयता कार्यान्वयनका लागि सबैले नियत सफा राखेर काम गर्नुपर्ने बताए । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु यादवले केन्द्रले संघीयताप्रति राख्ने दृष्टिकोण फरक रहेको बताए ।

    यस्तै लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले संघीयताको मर्म सहकार्य, समन्वय र सह अस्तित्व कायम गर्नुपर्ने बताइन् । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा नहकुल केसीले नीति निर्माता गर्दा तथा योजना निर्माणमा साझा सवाल जोड्न र अनुभव आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सातै प्रदेशका योजना आयोगका उपाध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २५ असोज २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट