logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

    हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

    858
    SHARES
    हिमालयन लघुवित्तद्वारा पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी

    काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्थाले पीडितको ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ ।



    कम्पनीको शाखा कार्यालय विरुवागुठी, पर्साले स्थानीय सखुवा प्रसौनी गाउँपालिका ५,महुवन टोलमा रहेको केन्द्र नं.६४ कि सदस्य श्रीमति मिना देवीको श्रीमान् सोहन साह तेलीको निधन पश्चात् निज सदस्यलाई बीमाको क्षतिपूर्ति रकम उपल्बध गराएको हो ।

     

    कम्पनीबाट २ लाख २५ हजार रुपैयाँ कर्जा लिएकोमा निज सदस्यको श्रीमानको मृत्यू पश्चात नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बीमा अन्तर्गत काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता रकम १ लाख ११ हजार रुपैयाँमेत फिर्ता गरी जम्मा एकमुष्ट १ लाख ३६ हजार एकमुष्ट भुक्तानी गरिएको कम्पनीका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।

     

    कम्पनीले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । उक्त अवसरमा कर्मचारी गजिन्द्र कुमार पटेल र सो केन्द्रका केन्द्र सञ्चालक अर्जुन कुमार यादवको समेत उपस्थिति थियो ।


    अर्थ चाैतारी
  • बुधबार, ६ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट