logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तको ८औं साधारणसभा आह्वान

    मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तको ८औं साधारणसभा आह्वान

    507
    SHARES
    मर्जर प्रस्ताव पारित गर्न ग्रामीण विकास लघुवित्तको ८औं साधारणसभा आह्वान

    काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ८औँ वार्षिक साधारणसभा मंसिर ३० गते बुटवलमा बिहान ११ बजे बोलाएको हो ।



     

    लघुवित्तको सभाले आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ ।

    यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर सम्बन्धि कार्य गर्न र अन्य वित्तीय संस्थाको शाखा खरिद गर्न वा बिक्री लगायतका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

     

    लघुवित्तले वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर १४ गतेदेखि मंसिर ३० गतेसम्म सेयरधनी किताब बन्द ९बुक क्लोज० गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुले मात्रै लघुवित्तको साधारणसभामा सहभागी हुन पाउने छन् ।


    अर्थ चाैतारी
  • विहिबार, ७ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट