काठमाण्डौ । लाभांश वितरण प्रस्ताव पारित गर्न स्वावलम्बन लघुवित्तले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले २२औँ वार्षिक साधारणसभा पुस ४ गते बालुवाटार काठमाण्डौमा बिहान ११ बजे बोलाएको हो ।
लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५०५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । हाल लघुवित्तको जारी तथा चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँ रहेकोमा बोनस सेयर बाँडफाँटपश्चात् १ अर्ब ४५ करोड रुपैयाँ कायम हुने छ ।
लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचन गर्नेछ । यस्तै, सभाले कुनै उपयुक्त संस्थासँग मर्जर गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ ।
लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
अर्थ चाैतारी ।