logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्याे २२१ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते

    निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्याे २२१ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते

    494
    SHARES
    निर्धन उत्थान लघुवित्तले सार्वजनिक गर्याे २२१ जना ऋणी र जमानीकर्ताको तीन पुस्ते

    काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने २२१ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने २२१ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।



     

    लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा व्याज लगायत अन्य रकमसमेत समय–समयमा तिर्न बुझाउनु पर्ने हो । तर, उक्त रकम नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेकाले पटकपटक तरताकेता गर्दा समेत भुक्तानी गर्न कुनै चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको लघुवित्तले जनाएको छ । लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिनभित्र यस लघुवित्त वित्तीय संस्थामा सम्पर्क राखि साँवा व्याज र अन्य दस्तुर चुक्ता भुक्तान गर्न अनुरोध गरेको छ ।

     

    यदि नतिरेको खण्डमा प्रचलित ऐन, कानून तथा यस लघुवित्त वित्तीय संस्थासँग गरेको लिखत बमोजिम ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम विक्री गरी वा अन्य कुनै व्यवस्था गरी लघुवित्त वित्तीय संस्थाको आफ्नो लेना रकम असुल उपर गरिने सूचनामा उल्लेख छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १९ मंसिर २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट