logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • सीवाईसी नेपाल लघुवित्तले पनि सेयरधनीलाई लाभांश वितरण नगर्ने

    सीवाईसी नेपाल लघुवित्तले पनि सेयरधनीलाई लाभांश वितरण नगर्ने

    650
    SHARES
    सीवाईसी नेपाल लघुवित्तले पनि सेयरधनीलाई लाभांश वितरण नगर्ने

    काठमाण्डौ । यो वर्ष लाभांश नदिने कम्पनीहरुको संख्या बढ्दो छ । सूचीकृत कम्पनीहरुमध्ये प्राय कम्पनीहरुले यो वर्ष लाभांश घोषणा गरेका छैनन् ।



    हालसम्म सार्वजनिक भएको जानकारी अनुसार अधिकांश लघुवित्तहरुले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएका छन् भने केहीले अझै घोषणा गर्नै बाँकी छ ।

    सीवाईसी नेपाल लघुवित्तले पनि गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । संस्थाको पुस ३ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    सोही बमोजिम संस्थाले गत आवको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्ने छ ।


    अर्थ चाैतारी
  • बुधबार, ४ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट