काठमाण्डौ । प्रभु हेलिकप्टर लिमिटेडले साधारण शेयर आइपीओ जारी गर्ने निर्णय गरेको छ । २०८०, पौष ४ गते आयोजित एक कार्यक्रममा प्रभु हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक सुभाष अमात्य र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीले रु ६ करोड ६० लाख शेयर पूँजी बराबरको १ सय रुपैयाँ अंकित दरको ६,६०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्ने प्रभु हेलिकप्टर नेपालको पूँजी बजारमा पहिलो हेलिकप्टर कम्पनी हुने कम्पनीले जनाएको छ । आइपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
अर्थ चाैतारी ।