logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • महालक्ष्मी विकास बैंकको नाफा ४६ करोड, ब्याज आम्दानीमा पनि सुधार

    महालक्ष्मी विकास बैंकको नाफा ४६ करोड, ब्याज आम्दानीमा पनि सुधार

    351
    SHARES
    महालक्ष्मी विकास बैंकको नाफा ४६ करोड, ब्याज आम्दानीमा पनि सुधार
    काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको खुद नाफा ५.३६ प्रतिशतले बढेको हो।
    यस अवधिमा बैंकले ४५ करोड ९९ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जबकि गत आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४३ करोड ६५ लाख ५९ हजार रुपैयाँ रहेको थियो।
    बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीमा पनि समीक्षा अवधिमा ६.२२ प्रतिशतको वृद्धि देखिएको छ। गत वर्ष १ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १ अर्ब ६३ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको सञ्चालन मुनाफामा १०.४३ प्रतिशतको बढोत्तरी हुँदै ६९ करोड ३६ लाख ७८ हजार रुपैयाँ पुगेको बैंकले जनाएको छ।
    वित्तीय विवरण अनुसार बैंकको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ०१ पैसा कायम भएको छ। चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १० करोड ९९ लाख ७८ हजार रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६१ गुणा छ। हाल ४ अर्ब ५१ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ सञ्चित छ।
    व्यवसाय विस्तारतर्फ बैंकले तेस्रो त्रैमासको अन्त्यसम्म ५३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) मा भने केही वृद्धि देखिएको छ। गत वर्षको चैतमा ४.९९ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर ६.५९ प्रतिशत पुगेको छ। खराब कर्जा व्यवस्थापनका लागि बैंकले यस अवधिमा ३३ करोड ३० लाख ८० हजार रुपैयाँ इम्पेरमेन्ट चार्ज छुट्ट्याएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट