logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • शेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ६ अर्ब ५२ करोड

    शेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ६ अर्ब ५२ करोड

    260
    SHARES
    शेयर बजारमा २६ अंकको गिरावट, कारोबार रकम ६ अर्ब ५२ करोड

    काठमाण्डौ । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६ दशमलव १६ अंकले घटेर २,७७० को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ४० लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पाल्पा सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ३४ करोड ६८ लाख रुपैयााको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै हिमालयन बैंक बोन्ड २०८६ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका हुन् । शाइन रेसुङगा डिबेञ्चरका इकाईधनीले ३ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् । सानिमा डिबेञ्चरका इकाईधनीले ३ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट