logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • नेपालीको आम्दानी स्थिर, खर्चयोग्य आयमा गिरावट

    नेपालीको आम्दानी स्थिर, खर्चयोग्य आयमा गिरावट

    325
    SHARES
    नेपालीको आम्दानी स्थिर, खर्चयोग्य आयमा गिरावट

    काठमाण्डौ । चालु आर्थिक वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आयमा सुधार नदेखिने भएको छ । तथ्यांक कार्यालयको अनुमान अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय गत वर्षकै समान १ हजार ५३५ अमेरिकी डलर नै देखिएको छ ।



    आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने भएपनि प्रतिव्यक्ति आयमा भने सुधार नदेखिएको हो ।

    चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने बढेको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्षको अन्त्यमा २ हजार ४४ अमेरिकी डलर कायम हुने अनुमान गरिएको छ । प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत आर्थिक वर्षमा १ हजार ९९४ अमेरिकी डलर थियो ।

    प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय भने घटेको छ । यस्तो आय गत आर्थिक वर्षमा १ हजार ५१६ अमेरिकी डलर रहेकोमा यो आर्थिक वर्षमा १ हजार ५१३ अमेरिकी डलर रहने कायम भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट