logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग

    ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग

    962
    SHARES
    ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग

    काठमाण्डाै । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो ।



    लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतलाई डेल ब्रान्डको कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरे ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत जनतालाई सहज सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिएको मण्डलले बताए ।

    कम्प्युटर हस्तान्तरण कार्यक्रममा लघुवित्तका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, संस्थाको सामाजिक विकास शाखा प्रमुख विजयकुमार मण्डल, तालिम विभाग प्रमुख रञ्जना निरौलालगायतको उपस्थिति थियो ।


    अर्थ चाैतारी
  • विहिबार, ५ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट