logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

    एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

    975
    SHARES
    एनआईसी एशिया लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न,नगद लाभांश पारित

    काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको छैटौं वार्षिक साधारण सभा हालै सम्पन्न भएको छ ।



     

    सभाले सेयरधनीहरुलाई चुक्तापूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले विभिन्न एजेन्डासहित गत आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

     

     

    यसका साथै, सभाको निर्वाचनबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।

    उनले कम्पनीका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव बटुलेका ढकाल एनआईसी एशिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट