logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • बोस्टनको बीआईसी’ ह्याकाथन भि.३.० प्रतियोगितामा पश्मिाञ्चल कलेज प्रथम

    बोस्टनको बीआईसी’ ह्याकाथन भि.३.० प्रतियोगितामा पश्मिाञ्चल कलेज प्रथम

    1.5K
    SHARES
    बोस्टनको बीआईसी’ ह्याकाथन भि.३.० प्रतियोगितामा पश्मिाञ्चल कलेज प्रथम

    काठमाण्डौ । चितवनको बोस्टन इन्टरनेशनल कलेजमा रहेको बोस्टन सेन्टर फर ईन्फरमेशन एन्ड टेक्नोलोजि क्लबद्वारा आयोजित बीआईसी’ ह्याकाथन भि.३.० प्रतियोगितामा पश्मिाञ्चल कलेज प्रथम स्थान हासिल गर्न सफल भएको छ ।



    यस्तै यूटेक कलेजले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । यस्तै तेस्रो स्थान भने बोस्टन कलेज र फोर्ब्स कलेजले हासिल गरेका छन् ।

    प्रतियोगितामा अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ( Yagdrasil), पश्चिमान्चल क्याम्पस (Yatra) , बालकुमारी कलेज (Facepay) , लुम्बिनी आइ सी.टी. क्याम्पस(e-governance) , प्रेसिडेन्टैअल् विजनेस स्कुल (Free Hunger) , फोर्बस् कलेज (Community Health App) , युनाइटेड टेक्निकल कलेज (Sign2Speech) , क्रिमसनकलेज अफ टेक्नोलोजी (Skills Work) , अर्किड कलेज (Nocrastinate^tm) , बाल्मिकि शिक्षा सदन (spyder) , अङ्कुराम एकेडेमी (Medi Health) , शैनिक आवसिय महाविद्यालय (SAMC AI) , स्काई राईडर सेकेन्डरी (JobPro) , अरोमा कलेज (Thrift Store) ले सहभागिता जनाएका थिए। पर्यटन, स्वास्थ्य, कृषि, शिक्षा, विकास अनुसन्धानका  विषयहरुमा प्रतियोगिता कोर्डिनेटर धुब्र सापकोटाले जानकारी दिए ।

    पौष ४ गते देखि पौष ६ गते सम्म बोस्टन इन्टरनेशनल कलेजमा भएको प्रतियोगिताको उद्घाटन यस संस्थाको अध्यक्ष आनन्दबहादुर चन्दले गरेका थिए । ४८ घण्टा निरन्तर चलेको ह्याकाथन कार्यक्रममा १६ वटा टिमहरुसहभागी रहेका थिए। जस्मध्ये कार्यक्रमको दोस्रो दिनमा मनोरञ्जनात्मक कार्यक्रम नृत्य, गायन र क्याम्प फायर पनि राखिएको थियो। शुक्रबार अन्तिम दिनमा सबै प्रतिस्पर्धीहरूले आफूले बनाएको प्रोजेक्टलाई निर्णायकसामु प्रस्तुत गरेका थिए। विभिन्न सहयोगी संघ–सस्थाबाट सहयोगीहातहरूले हाम्रो कार्यक्रममा सहयोग गरेका थिए ।

    प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय पुरस्कार राशी क्रमशः ३५, २५, १५ हजार रुपैँयाका साथै रनिङ्ग सिल्ड र प्रमाणपत्र राखिएको थियो । यसका साथ–साथै एक उत्कृष्ट टोलीलाई ५ हजार रुपैँया प्रदान गरिएको थियो ।

    प्राविधिक कौशलताको विकास गर्नुका साथै संस्कृतिको बढावा दिएर प्राविधिक कम्पनीहरुको विकासमा यस कार्यक्रमले ठूलो मद्दत पुर्याउने विश्वास लिइएको यस कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकासमा थप मद्दत पुर्याउन गरेको इभेण्ट म्यानेजर रेजिन भण्डारीले बताए ।

    यस्तै कार्यक्रममा निर्णायक मण्डलको भुमिकामा अनिल थपलिया ,ईन्द़ प्रसाद शर्मा र चिरन्जिवी अधिकारी रहेका थिए । यो प्रतियोगिताको विजेता पश्चिमाञ्चल कलेज, दोस्रो युनाइटेड टेक्निकल कलेज ,तेस्रो बोस्टन इन्टरनेशनल कलेज र उत्कृष्ट टोलीमा फोब्स कलेज भएको हो ।


    अर्थ चाैतारी
  • शनिबार, ७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट