logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

    एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

    676
    SHARES
    एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम

    काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था हालै विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।



     

    कम्पनीको कन्चनपुर, बोडगाउँ, कन्चन, रामापुर, गोबरैया, बेलाशपुर बान्डुसेन शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस महिनाका लागि सो कार्यक्रम सम्पन्न गरेको बताएको छ ।

     

    कार्यक्रमबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, वित्तीय सेवा सम्बन्धि ज्ञान, व्यवसाय व्यवस्थापन आदि जस्ता कुराहरुमा चेतना बृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरिउको छ ।

     

    महिला तथा छात्रछात्रामा वित्तीय चेतना अभिबृद्धि गराउने उद्देश्यले कम्पनीले सुदूर पश्चिम प्रदेश कलुवापुर उपप्रदेश अन्तर्गत रौलेश्व माध्यामिक विद्यालयष्का चवन्निबजार का ६८ भन्दाबढि विद्यार्थी तथा कन्चन, रामापुर, गोबरैया, बेलाशपुर, बान्डुसेन, कन्चनपुर अन्तर्गतका १८६ जना महिलाहरुमा वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको कम्पनीले बताएको छ।

     

    विशेष गरेर वित्तीय साक्षरता कार्यक्रमले वित्तीय ज्ञान अभिबृद्धि गर्न मद्दत पुगेको र आगामी दिनहरुमा यस्तो कार्यक्रमले थप प्रभावकारित ल्याउने अपेक्षा गरेको कम्पनीले बताएको छ । कम्पनीले हाल मुलुकभरका २८९ ओटा शाखामार्फत वित्तीय सेवाहरु दिँदै आएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, ८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट