काठमाण्डौ । काठमाण्डौको नक्सालमा हिल्टन होटेल निर्माण गरिरहेको कम्पनी जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २८ गते साधारणसभा आह्वान गरेको छ । यो कम्पनी शंकर ग्रुप अन्तर्गतको हो । कम्पनीले निर्माण गर्न लागेको हिल्टन होटेल ५ तारे होटेल हो । होटेलमा १७४ कोठा रहने छ ।
अर्थ चाैतारी ।