logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • हिमालयन रिइन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै

    हिमालयन रिइन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै

    663
    SHARES
    हिमालयन रिइन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै

    काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ आज बुधबार बाँडफाँड हुँदैछ । धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बिहान १० बजे आइपीओ बाँडफाँड हुने भएको हो। आइपीओ बाँडफाँड कार्यक्रम काठमाण्डौको बालुवाटारस्थित शुवर्णशमशेरमार्गमा रहेको ताज रिसेप्सनमा राखिएको छ।



    यो कम्पनीको आइपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन्। सीडीएससीका पुस २ गते अन्तिम दिन साँझ ५ः०८ बजेसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४० हजार ४ हजार ४२० रुपैयाँबराबरको ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन्।

     

    यस हिसाबमा १० कित्ताका दरले शेयर सबैलाई पर्छ भने २० कित्ताका लागि भने गोलाप्रथाका माध्यमबाट बाँडफाँड हुनेछ। कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ।

     

    कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

     

    कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको थियो। बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणलाई बिक्री गरेको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको थियो।

     

    कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।


    अर्थ चाैतारी
  • बुधबार, ११ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट