काठमाण्डौ । रिलायन्स फाइनान्स लि. चितवन नारायणगढ र पुष्पाञ्जली हस्पिटल प्रा.ली चितवनकाबीच वित्तीय तथा स्वास्थ्य सेवामा छुट लेनदेनको सम्झौता भएको छ। विहिबार सो सम्झौतामा रिलायन्स फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत रामहरी आचार्य र पुस्पञ्जली हस्पिटलका कार्यकारी अध्यक्ष चेतनाथ वाग्लेले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार रिलायन्स फाइनान्स लिमिटेडका ग्राहकवर्ग , शेयरधनी तथा कर्मचारीलाई पुष्पाञ्जली हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरुले रिलायन्सले प्रदान गरेको वित्तीय सेवाहरु सर्वसुलभ दरमा प्राप्त गर्नेछन्।
रिलायन्सले ू वित्तीय सेवाको अर्को परिभाषाू भन्ने नाराकासाथ संस्थाका ग्राहकहरुलाई सहज तथा सर्वसुलभ तरिकाले विभिन्न शिर्षकहरुमा कर्जा प्रदान गर्नुका साथै निक्षेप योजना लागु गरी आकर्षक ब्याज प्रदान गर्दै निक्षेप संकलन गर्दै आएको छ। संस्थाले काठमाण्डौ, चितवन सहित २१ वटा शाखा कार्यालय खोली कारोबार गर्दै आएको छ।
अर्थ चाैतारी ।