logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • त्रिविको उपकुलपतिका लागि आह्वान गरेको विज्ञापन सच्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    त्रिविको उपकुलपतिका लागि आह्वान गरेको विज्ञापन सच्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    533
    SHARES
    त्रिविको उपकुलपतिका लागि आह्वान गरेको विज्ञापन सच्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

    काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आह्वान गरेको विज्ञापन सच्याउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीले त्रिवि उपकुलपतिको विज्ञापन सच्याएर पुनः प्रकाशित गर्न निर्देशन दिएका हुन्।



     

    त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोक राईलाई आफ्नो कार्यकक्षमा बोलाएर सूचना सच्याउन निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरिका नेपालीमध्ये योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको तर मन्त्री राईको अध्यक्षतामा गठित सिफरिस समितिले आज प्रकाशन गरेको सूचनाले योग्य मान्छेका लागि ढोका बन्द हुनसक्ने भन्दै सूचनाका त्रुटिपूर्ण प्रावधान सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएको सचिवालयले जनाएको छ ।

     

    समितिले आज निकालेको सूचनामा त्रिविको पदाधिकारीमा यसअघि कम्तिमा ३ बर्ष काम गरिसकेको ब्यक्तिले मात्र उपकुलपतीका लागि आवेदन दिनसक्ने प्रावधान रोखपछि चौतर्फी विरोध भएको थियो । यो प्रावधानले प्रधानमन्त्रीको पटक पटकको प्रतिवद्धता विपरित रहेको भनेर आलोचना भएपछि प्रधानमन्त्रीले सूचना सच्याउन निर्देशन दिएका हुन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, २० पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट