काठमाण्डौ । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको १५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। हकप्रद सेयर जारीपछि संकलित रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ।
सभाले आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ। सभाले कम्पनीको हालकै संस्थापक समूहको सञ्चालक समितिलाई अर्को कार्यकालका लागि पनि सर्वसम्मतिमा चयन गरेको छ।
अर्थ चाैतारी ।