logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • नेपाली शान्ति सैनिक कङ्गो प्रस्थान

    नेपाली शान्ति सैनिक कङ्गो प्रस्थान

    1.8K
    SHARES
    नेपाली शान्ति सैनिक कङ्गो प्रस्थान

    काठमाण्डौ । एक सय ८८ जना नेपाली शान्ति सैनिक कङ्गो गएका छन् । प्रमुख सेनानी प्रेमप्रसाद पौडेलको नेतृत्वमा यूएन चार्टर्ड फ्लाइटमार्फत काठमाण्डौबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



     

    संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ नेपाली शान्ति सैनिकहरुको फेरबदल गरिएको हो । जसअनुसार आज नरसिंहदल गण शान्ति सेना २९ औं डफ्फालाई बदली गर्नका लागि महावीर शौर्य गण (रेञ्जर) (शान्ति सेना) ३० औं डफ्फाका एक सय ८८ जना नेपाली शान्ति सैनिकहरु आज मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् ।

    उक्त मिसनमा आफ्नो कार्यकाल पुरा गरेको नरसिंहदल गण (शान्ति सेना) २९ औं डफ्फाको एक सय ८८ जना नेपाली शान्ति सैनिकहरुको टोली सेनानी कमल थापाको नेतृत्वमा आज नै स्वदेश फर्किएको सेनाले जनाएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २७ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट