logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • श्री डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने

    श्री डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने

    715
    SHARES
    श्री डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । श्री डिष्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित फागुन ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।



    एभोकाडो क्याफे प्रा.लि, बालुवाटार, काठमाण्डौमा दिनको २ बजे सभा गर्ने तयारी कम्पनीले दिएको हो । सभाले संस्थापक र सर्वसाधारणलाई विक्री गरिने शेयर प्रतिशत संशोधन गरी नियमावलीको सम्बन्धित नियम संशोधन गर्नेछ ।

    सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि प्रस्ताव पारित गर्ने र यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साथै गत आर्थिक वर्ष ०७८७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने विषय पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको निर्वाचन समेत सभाले गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट