logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आइतबार नेप्से १०.३७ अंकले बढ्यो, ३ अर्ब ८३ करोड बढिको कारोबार

    आइतबार नेप्से १०.३७ अंकले बढ्यो, ३ अर्ब ८३ करोड बढिको कारोबार

    533
    SHARES
    आइतबार नेप्से १०.३७ अंकले बढ्यो, ३ अर्ब ८३ करोड बढिको कारोबार

    काठमाण्डौ । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आइतबार १०.३७ अंकले बढेको सेयर बजार २०९४.४६ विन्दुमा आएर बन्द भएको छ । यस दिन ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५८० रुपैयाँको कारोबार भएको छ ।



    यस दिन १७३ कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेको छ।

    मिड सोलु हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत र सामलिङ्ग पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १४ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट