logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • एनआइबिएल स्टेबल फन्डमा ७ करोड ८५ लाख कित्ता सेयरका लागि आवेदन पर्यो

    एनआइबिएल स्टेबल फन्डमा ७ करोड ८५ लाख कित्ता सेयरका लागि आवेदन पर्यो

    1.1K
    SHARES
    एनआइबिएल स्टेबल फन्डमा ७ करोड ८५ लाख कित्ता सेयरका लागि आवेदन पर्यो

    काठमाण्डौ । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता सेयरका लागि आवेदन परेको छ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो ।



     

    बन्दमुखी योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरू प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ । उक्त निष्काशनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन दिएका हुन् ।

     

    त्यसमध्ये ३ हजार ८५७ जना आवेदन मार्फत सेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएका छन् । यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, १५ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट