logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सर्वोत्तम आईपीओः वैदेशिक रोजगारमा रहेकाको लागि बाँडफाँट

    सर्वोत्तम आईपीओः वैदेशिक रोजगारमा रहेकाको लागि बाँडफाँट

    1.3K
    SHARES
    सर्वोत्तम आईपीओः वैदेशिक रोजगारमा रहेकाको लागि बाँडफाँट

    काठमाण्डौ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार आईपीओ बाँडफाँट गरेको हो ।



    वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ । बुक बिल्डिङ विधिमा खुलेको आईपीओ भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनैपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनैपर्ने व्यवस्था छ ।

    सोअनुसार ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्यामा आवेदक मात्रै समेटिएका हुन् । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।

    वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो । प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन सर्वोत्तमले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १७ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट