काठमाण्डौ। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ ।
कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाण्डौमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । आईपीओ निष्कासन गर्ने सम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
अर्थ चाैतारी ।