logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • संखुवासभा पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल

    संखुवासभा पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल

    702
    SHARES
    संखुवासभा पावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल

    काठमाण्डौ । संखुवासभा पावर डेभलपमेण्टले आइपीओ निष्कासन गर्ने भएकोछ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलसँग सम्झौता गरेको हो ।



     

    कम्पनी र एनआईसी एशिया क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझी र कम्पनीका तर्फबाट अध्यक्ष सौरभ अर्जयालले हस्ताक्षर गरेका छन् ।

     

    संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले संखुवासभा जिल्ला स्थित सभाखोलामा दुईवटा जलविद्युत आयोजना निर्माण गर्न लागेको छ । जसमध्ये ९।४१२ मेगावाटको सुपर सभाखोला जलविद्युत आयोजना र ४।१ मेगावटको सुपर सभाखोला साना जलविद्युत आयोजना रहेका छन् ।

    संखुवासभा पावर डेभलपमेण्ट कम्पनीले जारी पूँजीको २५ प्रतिशत सेयर अर्थात १०० रूपैयाँ अंकित दरका २५ लाख ५० हजार कित्ता साधारण सेयर निकट भविष्यमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा निष्काशन गर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, २१ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट