logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते हुँदै

    स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते हुँदै

    624
    SHARES
    स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते हुँदै

    काठमाण्डौ । स्वाभिमान लघुवित्तले फागुन २० गते रुपन्देही स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा गर्ने जनाएको छ ।



    सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७९–०८० को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण प्रतिवेदन सहितको २०८०, आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९–०८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

    सभाले आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने, संचालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना संचालकको निर्वाचन गर्ने र रिक्त संचालक पदमा भएको मनोनयनको अनुमोदन गर्नेछ । सभाले अन्य इजाजतपत्र प्राप्त घ वर्गका वित्तीय संस्थासंग मर्जर वा प्राप्ति गर्न गराउन उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

     

    सभाले नियमनकारी निकायबाट कुनै निर्णय उपर फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।


    अर्थ चाैतारी
  • शुक्रबार, २६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट