logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • बुढानिलकण्ठ हेरिटेजले पनि आईपीओ जारी गर्ने, ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धकमा

    बुढानिलकण्ठ हेरिटेजले पनि आईपीओ जारी गर्ने, ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धकमा

    1.2K
    SHARES
    बुढानिलकण्ठ हेरिटेजले पनि आईपीओ जारी गर्ने, ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धकमा

    काठमाण्डौ । काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।



    सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको हो । उक्त सम्झौतापत्रमा बुढानिलकण्ठ हेरिटेजको तर्फबाट प्रबन्ध सञ्चालक बाबु काजी कार्की र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले हस्ताक्षर गरेका छन् ।

     

    कम्पनीले जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १५ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ ।बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर ) ले संस्थापकहरुको ८५ करोड रुपैयाँ लगानी रहेको यस कम्पनीको प्राथमिक सेयरको सार्वजनिक निष्काशन पश्चात् चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।

    अन्र्तराष्ट्रिय चेन होटेल अन्तर्गत लेमन ट्री प्रिमियरको ब्राण्डबाट सञ्चालन गरी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले कम्पनीले बुढानिलकण्ठ क्षेत्रमा पहिलो ५ तारे होटल निर्माण गरेको छ । आन्तरिक व्यवस्थापन तथा व्यवसाय प्रबद्र्धनका लागि कम्पनीले भारतको चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड लेमन ट्रि होटल्सलाई नियुक्त गरेको छ भने लेमन ट्रि ब्राण्डमा विश्वका ५० भन्दा बढी मुलुकका १५० भन्दा बढी होटलहरु सञ्चालनमा रहेका छन् । लेमन ट्री होटल्स एक विशाल भारतीय होटल सञ्जाल भएको कम्पनी रहेको र जसले उच्चस्तरिय, अपर(मिडस्केल, मिडस्केल र ईकोनोमी सेगमेन्टहरूमा काम गर्दछ ।

     

    यस ग्रुपले आफ्ना पाहुनाहरूको आवश्यकताहरूलाई मध्यनजर गर्दै लेमन ट्री प्रिमियर लगायत विभिन्न ७ वटा ब्राण्डहरु समेत सञ्चालनमा ल्याएकोे छ । लेमन ट्री होटल्सले नेपालमा पहिलो होटलको रुपमा “लेमन ट्री प्रिमियर बुढानिलकण्ठ” काठमाडौंको फ्रेन्चाईज तथा म्यान्चाईजको जिम्मा लिइसकेको छ । यस कम्पनीको संस्थापनमा विभिन्न क्षेत्रमा अनुभवप्राप्त प्रतिष्ठित व्यवसायी तथा ख्यातीप्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट