काठमाण्डौ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन्।
स्वस्तिक लघुवित्तले ८० लाख रुपैयाँबराबरको आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा यो लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल ८० हजार कित्ता आइपीओ ल्याउनेछ।
यो लघुवित्तको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
अर्थ चाैतारी ।