काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आज फागुन २ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।
अर्थ चाैतारी ।