काठमाण्डौ । सर्वोत्तम सिमेन्टले आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरेको हो ।
कम्पनीको आईपीओमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिएका हुन् । आइपीओमा स्थानीय बासिन्दाहरु १ हजार २२४ जना आवेदकहरुबाट २ लाख ४८ हजार ५०३ कित्ता सेयरको लागि जम्मा आवेदन प्राप्त भएको थियो ।
कम्पनीका अनुसार ५ जना आवेदकहरुले १० अंकले भाग नजाने गरी सेयर आवेदन गरेको देखिएकाले निज आवेदकहरुले आवेदन गरेको जम्मा सेयर संख्या ६८३ मध्येबाट १० अंकले भाग नजाने गरी प्राप्त भएको ३३ कित्ता सेयर रद्द गरी गरीएको छ । रीतपुर्वक प्राप्त भएको जम्मा २ लाख ४८ हजार ४७० कित्ता शेयर बाँडफाँडमा समावेश गरिएको हो । बुक विल्डिङ निर्देशिका, २०७७ को दफा (१६) को उपदफा (२) मा धितोपत्र बाँडफाँट गर्दा प्रति आवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम आइपीओ बाँडफाँड भएको हो ।
जसमा सम्पुर्ण आवेदकले ५० कित्तामा हात पारेका हुन् । साथै, उद्योग प्रभावित क्षेत्र तथा खानी उत्खनन् क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको ९ लाख ३० हजार कित्ता सेयरमध्ये बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता सेयर सर्वसाधारण (सामुहिक लगानी कोष र कम्पनीका कर्मचारी समेत) को लागि छुट्याइएको सेयरमा थप गरी सार्वजनिक निष्कासन गरिने क्यापिटलले जनाएको छ ।
उक्त बाँडफाँडको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबलब आइएमई क्यापिटलको वेभसाइट, सह निष्कासन तथा बिक्री प्रबन्धकहरु क्रमशः एनआइएमबी एस क्यापिटलको वेभसाइट, प्रभु क्यापिटलको वेभसाइट, निष्काशनकर्ता कम्पनी सर्वोत्तम सिमेन्टको वेभसाइट र सिडिएस एण्ड क्लियरिङ्गको वेभसाइटबाट हेर्न सकिने ।
अर्थ चाैतारी ।