logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • नेशनल लघुवित्तले एफपिओ निष्कासन गर्ने, चैत १६ गते साधारण सभा

    नेशनल लघुवित्तले एफपिओ निष्कासन गर्ने, चैत १६ गते साधारण सभा

    1.5K
    SHARES
    नेशनल लघुवित्तले एफपिओ निष्कासन गर्ने, चैत १६ गते साधारण सभा

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थापक तथा सर्वसाधारणको सेयर हिस्सा मिलाउन एफपिओ जारी गर्ने लागेको हो । एफपिओ निष्कासनको विशेष प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।



     

    सोही प्रस्ताव पातिर गर्न कम्पनीले आगामी चैत १६ गते साधारणसभा बोलाएको छ । सभा लज रिसोर्ट, धुलिखेल, काभ्रेमा बिहान साढे १० बजे सुरु हुनेछ । सभा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई बाँड्ने प्रस्ताव गरिएको लाभांश पनि पारित हुनेछ । यो वर्ष कम्पनीले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।

     

    यस्तै, सभामा संचालक समितिको निर्वाचन पनि गर्ने छ । संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित हुनेछन् । सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ३० गतेदेखि चैत १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट