logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • पिपुल्स डेन्टल हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता

    पिपुल्स डेन्टल हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता

    1K
    SHARES
    पिपुल्स डेन्टल हस्पिटल र नेपाल एसबिआई मर्चेण्टबीच व्यवसायिक सहकार्य गर्ने सम्झौता

    काठमाण्डौ । पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालि नयाँबजार काठमाण्डौ र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर चन्द र नेपाल एसबिआईका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका हुन् ।



    नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले दन्त परिक्षण निःशुल्क, दाँत सफा गर्दा २० प्रतिशत छुट पाउने भएका छन् । यसका साथै दाँत निकाल्ने र दाँत भर्दा १५ प्रतिशत तथा दाँत सम्बन्धी अन्य सेवामा ५ प्रतिशत तथा जनरल अस्पताल, नयाँबजारले सञ्चालन गर्ने सेवाहरुमा परीक्षण निशुल्क पाइने कम्पनीले जनाएको छ ।

    बेड चार्जमा १५ प्रतिशत तथा ल्याब, भिडियो एक्सरे, ईसिजि र ओटीमा क्रमशः १० प्रतिशत विशेष छुट प्रदान गर्ने समेत सहमति भएको छ ।


    अर्थ चाैतारी
  • आइतबार, १३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट