logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • कोषमार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले औषधि उपचार सुविधा पाउने

    कोषमार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले औषधि उपचार सुविधा पाउने

    1.1K
    SHARES
    कोषमार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले औषधि उपचार सुविधा पाउने

    काठमाण्डाै । सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् । यसअघि २०७९ पुसबाट औपचारिक क्षेत्रका योगदानकर्ताका श्रीमान् या श्रीमतीलाई औषधोपचार सुविधामा समेटेको कोषले जेठ १७ देखि लागू हुने गरी अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै औषधोपचार सुविधा पाउने गरी कार्यविधि संशोधन गरेको हो ।



    यससँगै अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका श्रीमान्, श्रीमती र १८ वर्ष उमेर नपुगेका छोराछोरीले वार्षिक १ लाख रुपैयाँसम्मको औषधि उपचार सुविधा पाउने भएका छन् । कोषले अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारलाई नै उपचार सुविधामा समेट्ने गरी तीन महिनाअघि नै कार्यविधि संशोधन गरेको र आज बिहीबारदेखि कार्यान्वयनमा आएको निर्देशक उत्तमराज नेपालले जानकारी दिए ।

    अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि कोषले उपचार सुविधा पाउन योग्य समयावधिलाई नौ महिनाबाट घटाएर तीन महिनामा झारेको छ । यसअघि कोषमा योगदान गर्न थालेको नौ महिनापछि मात्र उपचार सुविधाका लागि योग्य हुने व्यवस्था रहेकोमा अबदेखि तीन महिनाको नियमित योगदानपछि नै योग्य हुनेगरी कार्यविधि संशोधन गरिएको निर्देशक नेपालले जानकारी दिए ।

    ‘उपचार सुविधा पाउन योग्य हुने अवधि घटेको र परिवारमा समेत सुविधा विस्तार भएकाले नियमित योगदानका लागि थप अभिप्रेरित हुने विश्वास लिइएको छ,’ उनले भने । श्रममन्त्री डोलप्रसाद अर्यालले विराटनगरबाट आरम्भ भएको श्रमाधान रोजगार मेलाको अवसर पारेर कोषले विस्तार गरेका सुविधाबारे औपचारिक जानकारी गराएका छन् ।

    सामाजिक सुरक्षालाई सरकारले कति प्राथमिकता दिएको छ भन्ने यसबाट पनि स्पष्ट हुने उनले बताए । योगदानकर्ताको दुर्घटना भई नेपालको अस्पतालमा उपचार गराउँदा एक आर्थिक वर्षमा सात रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको पनि उनले जानकारी दिए ।


    अर्थ चाैतारी
  • विहिबार, १७ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट