logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • ६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

    ६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

    1.3K
    SHARES
    ६० केजी सुन तस्करी प्रकरणमा थप दुई आरोपी पक्राउ

    काठमाण्डौ । ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।



    भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाण्डौमा ल्याएको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले रातोपाटीलाई बताए । उनीहरूको न्युरोडमा सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुली सँग कनेक्सन देखिएको छ । तानाजिमुलीको रिफाइन पसलमा काम गर्ने दुई जना यसअघि नै पक्राउ गरेका थिए । दोस्रो चरणको अनुसन्धानमा पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।

    अहिलेसम्म पक्राउ पर्नेहरू :

    १. सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’, भारत महाराष्ट्र

    २. धिरज दिनेश वैटे ‘दिनेश’, भारत महाराष्ट्र

    ३. प्रशान्त गणेश वजवलकार, भारत महाराष्ट्र

    ४. सुरेन्द्रमान श्रेष्ठ, वीरगन्ज महानगरपालिका–१६

    ५. राजु खत्री, सूर्यबिनायक नगरपालिका–९

    ६. बैजनाथ ब्रम्हादत्त गोयल, भारत गुजरात (विशालबजारमा शक्ति क्रिएसन संचालक)

    ७. राजु थापा भन्ने प्रेमनाथ सेढाईं, धादिङ सिद्धलेक–५

    ८. कान्छा लामा, काभ्रे तेमाल गाउँपालिका–४

    ९. कङ्का चासी ‘राजु भोटे र टासी भनेर चिनिने), चिन छेन्दु

    १०. भीम प्रसाद तिमल्सिना, अध्यक्ष (पेवेल नेपाल प्रालि)

    ११. प्रज्वल आचार्य, सहायक कार्यकारी अधिकृत (पेवेल नेपाल)

    १२. सुरज सम्शेर जबरा, पेवेल नेपाल (संचालक समिति सदस्य)

    १३. फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, काठमाडौँ–६ (सजिलो पे)

    १४. सुशील ज्याकिबन्जा, भक्तपुर (सजिलो पे)

    १५. कश्यप मानन्धर, भक्तपुर नगरपालिका–९ (सजिलो पे)

    १६. लाल बहादुर कुँवर, रुपन्देही तिलोत्तमा–६ (जेके मनि ट्रान्सफर)

    १७. अरुण कुमार यादव, बारा (पशुपति कन्सर्न)

    १८. सोनाम गुरुङ, चीन

    १९. रूपक भण्डारी

    २०. मनोज श्रेष्ठ, भक्तपुर।


    अर्थ चाैतारी
  • बुधबार, ६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट