logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • कार्यक्रममै बस्त्र खाेल्न लाएकाे ‘इट्स माइ शो’ विवाद: सुरज भन्छन्- ‘मैले निर्वाह गरेको इमान्दारिता र ब्रान्ड ध्वस्त भयो’

    कार्यक्रममै बस्त्र खाेल्न लाएकाे ‘इट्स माइ शो’ विवाद: सुरज भन्छन्- ‘मैले निर्वाह गरेको इमान्दारिता र ब्रान्ड ध्वस्त भयो’

    1.3K
    SHARES
    कार्यक्रममै बस्त्र खाेल्न लाएकाे ‘इट्स माइ शो’ विवाद: सुरज भन्छन्- ‘मैले निर्वाह गरेको इमान्दारिता र ब्रान्ड ध्वस्त भयो’

    काठमाण्डौ । हालै विवादमा आएको टेलिभिजिन शाे ‘इट्स माइ शो’का पूर्वप्रस्तोता तथा निर्माता सुरज सिंह ठकुरीले उक्त कार्यक्रम र हालकी प्रस्तोतामाथि टिप्पणी गरेका छन्। लामो समयदेखि आफूले निर्माण एवम् सञ्चालन गर्दै आएको उक्त शो ओसिन सिटौलाले सञ्चालन गरेको पहिलो एपिसोड नै विवादमा तानिएपछि उनले टिप्पणी गरेका हुन्।



     

    ‘मैले निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भयो, ‘ सुरजले सामाजिक सञ्जाल‍मा लेखेका छन्। साथै उनले आफूलाई दर्शकहरूले वर्षौंदेखि देखाएको माया र साथका लागि आभार व्यक्त गरेका छन्। अबका दिनमा अझै रमाइलोका साथै गर्व गर्नलायक सामग्री ल्याउने प्रतिबद्धतासमेत उनले जनाएका छन्। सुरज मात्र होइन, यतिबेला कार्यक्रमकी प्रस्तोता सिटौला र गेस्ट बनेर पुगेका अभिनेत्रीद्वय: स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको चौतर्फी विरोध भइरहेको छ‍। कार्यक्रममा उठाइएको विषयवस्तुलाई लिएर उनीहरूको चर्को आलोचना भइरहेको हाे।

     

    कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रममा आफूले यो कार्यक्रमका लागि निर्वाह गरेको इमान्दारी र ब्रान्ड ध्वस्त भएको सुरजले टिप्पणी गरेका छन्। यसका साथै उनले कान्तिपुर टिभी र ‘इट्स माइ शो’सँग हाल आफ्नो कुनै संलग्नता नरहेको पनि उनले स्पष्ट पारेका छन्। ‘भर्खरै कान्तिपुर टिभीमा सुरजसिंह ठकुरीसँग इट्स माइ शोको सम्बन्धलाई लिएर केही अन्योल भएको छ। म स्पष्ट गर्न चाहन्छु- म अब कुनैपनि हैसियतमा शोमा आबद्ध छैन, या त होस्ट वा प्रमुख कार्यकारी निर्माताको रूपमा’, उनले लेखेका छन्।

    यता, कार्यक्रमका गेस्ट स्वस्तिमा र साम्राज्ञीले सम्बन्धित व्यक्तिसँग माफी मागिसकेका छन्। कार्यक्रम प्रस्तोता‍को भने कुनै प्रतिक्रिया आएको छैन। कान्तिपुरले पनि उक्त कार्यक्रम युट्युवमा यथावत् राखेको छ।

    सुरजले इन्स्टामा गरेकाे पाेस्ट:


    अर्थ चाैतारी
  • बुधबार, १३ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट