logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुको बिचल्ली

    बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुको बिचल्ली

    1.9K
    SHARES
    बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध, यात्रुको बिचल्ली

    काठमाण्डौ । अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका(१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरहवा, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारीसाधनको आवतजावत ठप्प भएको छ।



    जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन समेत रोकिएको बताए। वर्षा रोकिएपछि करिडोर खुलाउने प्रयास गर्ने उनले जानकारी दिए।

     

    अविरल वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ। खासगरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका(२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो। यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए। रासस


    अर्थ चाैतारी
  • बुधबार, २० असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट